२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ पार्टी एकता बारे बोलिन झाँक्री, दिइन् यस्तो सन्देश

पार्टी एकता बारे बोलिन झाँक्री, दिइन् यस्तो सन्देश

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी एकताका लागि अहिलेसम्म सकारात्मक पहल नभएको जिकिर गरेकी छिन् । एमाले संस्थानपन पक्षको स्थायी कमिटी बैठक आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बैठकमा आफ्ना पक्षका नेताहरूलाई सहभागी नहुन आग्रह गर्दै मंगलबार राति झाँक्रीले एकताको सकारात्मक पहल नभएको बताएकी हुन् । नेतृ झाँक्रीले एमाले २०७५ जेठ २ गतेको अवस्थामा नफर्किदासम्म आत्मसमर्पण गरेर आफूहरूको तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग नलिने बताएकी छिन् ।

‘भोलि असार २ गते नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारवाला गुटको होला । हामीले आजसम्म उठाएका विषयहरूको सम्बोधन सहित नेकपा एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदा सम्म आत्मसमर्पण गरेर हाम्रो तर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन,’ उनले भनिन्, ‘यो विचमा पार्टी एकताको सकारात्मक पहल भएको पनि छैन । कोही पनि साथिहरू भ्रम नपर्न अनुरोध गर्दछु ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार