२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ रुपन्देहीकाे मर्चवार भर्थापुरमा बाढी, पुरै गाउ नै जोखिममा

रुपन्देहीकाे मर्चवार भर्थापुरमा बाढी, पुरै गाउ नै जोखिममा

प्रत्येक बर्ष जसो प्रभावित हुँदै आएको मर्चवारको भर्थापुर गाउमा बाढी पसेको छ । तिनाउ र दानव नदीको संगम स्थल दुईमोहान देखि ३ किलोमिटर दक्षिण  रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ भरथापुरमा पानी पसेको हो ।

सशस्त्र प्रहरी बल दुईमोहानका शसस्त्र प्रहरी नायब निरिक्षक कृष्ण बहादुर बस्नेतको कमाण्डमा डुबान क्षेत्रमा गएको टोलीले डुबानमा परेकाहरुलाई उद्दार कार्य जारी राखेको छ ।अहिले उक्त क्षेत्रमा पानीको बहाव र सतह बढ्दो अवस्थामा रहेकोले सशस्त्र प्रहरी उद्दार टोली पूर्ण तयारी अवस्थामा रहेको सई बस्नेतले जानकारी दिएका छन् ।यसैगरी ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरिक्षक रबिन्द्र महतको नेतृत्वमा गएको टोली उक्त क्षेत्रको कडा निगरानी सहित उद्दारमा खटेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार