गृहपृष्ठ नेकपा (एमाले) कार्यदल बैठक सकियो, शंकर पोखरेलले दिए यस्तो संकेत
नेकपा (एमाले) कार्यदल बैठक सकियो, शंकर पोखरेलले दिए यस्तो संकेत
नेकपा (एमाले) को कार्यदलको बैठक सकिएको छ । एक-दुई दिनभित्रै आन्तरिक विवाद टुंग्याउने प्रयास भइरहेको नेताहरूले बताएका छन् । एमाले विवाद सुल्झाउन कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको थियो ।
बैठकमा दुवै पक्षका नेताहरू सहभागी थिए । कार्यदलको भीम रावल र विष्णु पौडेलले पेश गरेको सहमतिको मस्यौदामाथि छलफल भएको थियो । दुवै पक्षका नेताले त्यसमाथि सुझाव राखेका थिए ।
आन्तरिक विवाद टुंग्याउने सहमति नजिक पुगेको कार्यदलका सदस्यहरूले प्रतिक्रिया दिएका छन् । कार्यदलका सदस्य शंकर पोखरेलले आजै वा भोलिसम्म सहमति बन्ने बताए । “सम्भव भएसम्म आजै वा भोलिसम्म विवाद टुंग्याउने प्रयासमा छौं,” पोखरेलले भने ।





