२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ नेपालमा आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस जिल्ला अनुसार पुरा विवरण

नेपालमा आज शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ? हेर्नुहोस जिल्ला अनुसार पुरा विवरण

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३९ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा थप १ हजार ३१६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ५, ओखलढुंगामा १, खोटाङमा ४, झापामा १६२, धनकुटामा ७, ताप्लेजुङमा २, भोजपुरमा ३, मोरङमा १२९, संखुवासभामा ४, सोलुखुम्बुमा १ र सुनसरीमा ८९ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १२, पर्सामा ४, बारामा २, महोत्तरीमा ४, सप्तरीमा ८, रौतहटमा ४, सर्लाहीमा २ र सिरहामा ४ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा २६१, काभ्रेमा ३७, चितवनमा ६५, दोलखामा १६, धादिङमा ४०, नुवाकोटमा ४६, भक्तपुरमा ४५, मकवानपुरमा ८०, रसुवा ४, रामेछापमा २०, ललितपुरमा ७४, सिन्धुली ४ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १०८, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा १८, पर्वतमा ८, म्याग्दीमा ११, लमजुङमा ३, बागलुङमा १ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३, गुल्मीमा ४, दाङमा १०, नवलपरासीमा ७, पाल्पामा ३०, प्युठानमा ३, बर्दियामा १, बाँकेमा ३, रुकुमपूर्वमा १, रोल्पामा ३ र रुपन्देहीमा २१ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ३, हुम्लामा १२, डोल्पामा २, दैलेखमा ३ र सुर्खेतमा ३६ जनमा कोरोना भेटिएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा १, डडेल्धुरामा २ र डोटीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार