गृहपृष्ठ आज शुक्रबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
आज शुक्रबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार २३९ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ३९ जना र ११ देखि २० वर्षका १२० जना रहेका छन् ।
त्यस्तै, २१ देखि ३० सम्मका ३४६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३१ देखि ४० वर्षका नागरिक ३५२ जना रहेका छन् । ४१ देखि ५० वर्षका २३२, ५१ देखि ६० वर्षका २१२ जना, ६१ देखि ७० का ९७ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ६० जना, ८० देखि माथिका १७ जना र उमेर नखुलेका ४ जना रहेका छन् । अहिले देशभर ५३९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





