२०८३ असोज १५ गते बिहीवार | October 01, 2026

गृहपृष्ठ एएफसी यू-२३ एसियन कप छनोट : नेपाल समूह ‘बी’ मा

एएफसी यू-२३ एसियन कप छनोट : नेपाल समूह ‘बी’ मा

काठमाडौं । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

एसियन फुटबल फेडेरेसन (एएफसी) ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो । एएफसीले वेस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।

ताजिकिस्तानमा हुने समूह ‘बी’ छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार