२०८३ भदौ ३ गते बुधवार | August 19, 2026

गृहपृष्ठ प्रतिनिधिसभा बैठकअघि एमाले स्थायी कमिटी बैठक

प्रतिनिधिसभा बैठकअघि एमाले स्थायी कमिटी बैठक

सर्वोच्च अदालतको फैसलाले दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभा बैठक बस्नअघि आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।

बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्नेछ । एमालेले केन्द्रीय कमिटी बैठक सोमबार डाकेको छ ।

पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ । तर कार्यदलको सहमतिअनुसार वरिष्ठ नेता माधव कुमार नेपालसँग सल्लाह गरेर मात्रै बैठक डाक्न सो समूहका दोस्रो तहका नेताहरुले आग्रह गरेका छन् ।

तर अध्यक्ष ओलीले कार्यदलको सहमतिलाई अनुमोदन गरेर अघि बढेकाले अब बैठकमा सहभागी भएर पार्टी काममा लाग्ने बाटो खुलेको जवाफ दिएका छन् । सहमतिका लागि भन्दै पार्टीको बैठक अब नरोकिने उनले अडान लिएका छन् ।

एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार