२०८३ भदौ ३ गते बुधवार | August 19, 2026

गृहपृष्ठ आजै विश्वासको मतका लागि प्रस्ताव राख्दै प्रधानमन्त्री देउवा

आजै विश्वासको मतका लागि प्रस्ताव राख्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मतका लागि प्रस्ताव राख्ने तयारी गरेका छन् ।

सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनःस्थापना गरेपछि पहिलो बैठक बस्न लागेको आजको बैठक दुई खण्डमा राखेर विश्वासको मतको प्रक्रिया अघि बढाउने तयारी भएको निकट स्रोतले जनाएको छ ।

यसको निर्णय कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंग्याउने छ । यो प्रस्ताव प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिको बैठकमा लादै छन् ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्राबधान छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार