२०८३ असोज १५ गते बिहीवार | October 01, 2026

गृहपृष्ठ परराष्ट्रमन्त्री डा. नारायण खड्का राष्ट्रसङ्घीय महासभामा भाग लिन न्युयोर्क प्रस्थान

परराष्ट्रमन्त्री डा. नारायण खड्का राष्ट्रसङ्घीय महासभामा भाग लिन न्युयोर्क प्रस्थान

काठमाडौं,७,असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गरेका छन्। मङ्गलबारदेखि सुरु भएको उच्चस्तरीय बैठकमा भाग लिन मन्त्री खड्का गएराति अमेरिका प्रस्थान गरेका हुन ।

मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त परराष्ट्र सचिव प्रकाशकुमार सुवेदीलगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले बिदाइ गरेका छन ।

‘आशाका माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

महासभामा भाग लिने परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायत अधिकारी छन । संयुक्त राष्ट्रसंघको महासभा भदौ २९ गतेदेखि प्रारम्भ भएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार