२०८३ असोज १५ गते बिहीवार | October 01, 2026

गृहपृष्ठ ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी नेपाल आईपुगेका छन्।

४४ वर्षीय अफ्रिदी बिहीबार नेपाल आईपुगेका हुन् । अफ्रिदीले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने छन् ।

चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ।

उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स-११ विरुद्ध खेल्नेछ ।

अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए । उनले पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका थिए ।

अफ्रिदीले ३ सय ९८ एकदिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टी-ट्वान्टीमा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार