२०८३ असोज १५ गते बिहीवार | October 01, 2026

गृहपृष्ठ आज बिहिबार नेपालमा थप १३ जना संक्रमितले गुमाए ज्यान, थपिए यति संक्रमित ?

आज बिहिबार नेपालमा थप १३ जना संक्रमितले गुमाए ज्यान, थपिए यति संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार २४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ जनाको पिअिसार परीक्षण गर्दा ९४१ र ३ हजार ६४१ जनाको एन्टीजेन परीक्षण गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १ हजार ३२४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १३ एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १९ हजार ४३७ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार ३०६ संक्रमित छन् भने ३४० जना आइसियुमा र १११ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।

देशभर २४६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १ लाख ३८ हजार ३८५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार