२०८३ असोज १५ गते बिहीवार | October 01, 2026

गृहपृष्ठ ज्ञानेन्द्रले ईपीएल नखेल्ने

ज्ञानेन्द्रले ईपीएल नखेल्ने

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

ललितपुर प्याट्रीयट्सले बिहीबार ज्ञानेन्द्रले चौंथो संस्करणको प्रतियोगिता नखेल्ने जनाएको छ ।

ज्ञानेन्द्र ललितपुर प्याट्रीयट्सको कप्तान समेत रहेका थिए ।

उनको कप्तानीमा ललितपुरले अघिल्लो संस्करणको उपाधि जितेको थियो ।

चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स-११ विरुद्ध खेल्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार