२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ नेकपा एमाले वडा अधिवेशन देशैभर कात्तिक ६ गते हुने

नेकपा एमाले वडा अधिवेशन देशैभर कात्तिक ६ गते हुने

काठमाडौँ । नेकपा एमालेले यही ६ कात्तिकमा देशैभरका वडामा अधिवेशन गर्ने भएको छ । देशका ६ हजार ७ सय ४३ वडामा एकैदिन अधिवेशन गर्न लागिएको एमालेले जनाएको हो । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा अधिवेशन उद्घाटन गर्दैछन् ।

एमालेले यही ९ कात्तिकमा पालिका अधिवेशन गर्ने तयारी गरेको छ । ७ सय ५३ पालिकामा पार्टी कमिटीका लागि अधिवेशन गर्दैछ । एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव तथा सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार