२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ गगन, मिनेन्द्र, चन्द्र र धनराजको टिम लिडर शेखर कोइराला

गगन, मिनेन्द्र, चन्द्र र धनराजको टिम लिडर शेखर कोइराला

काठमाडौं, २५ मंसिर। नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि डा.शेखर कोइरालाले सभापतिमा मनोनयन दर्ता गराएका छन् । कोइरालाले युवा पुस्ताका नेताहरूलाई टिममा राखेर प्यानल खडा गरेका छन् ।

शेखरको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र डा.मिनेन्द्र रिजाल, सहमहामन्त्रीमा बद्री पाण्डे, रामकृष्ण यादव, कमला पन्त, जीवन परियार, देवराज चालिसे, विकास लामा, तेजुलाल चौधरी र शेख वकिल समेटिएका छन् ।

शेखरले कांग्रेसका चर्चित युवा नेताहरू समेटेका छन् । उम्मेदवारी दर्ता गरेपछि शेखरले सहमतिकै टिम बनाएके दाबी गरे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार