२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ विमलेन्द्र निधिले गराए सभापतिमा उम्मेद्वारी दर्ता

विमलेन्द्र निधिले गराए सभापतिमा उम्मेद्वारी दर्ता

काठमाडौं, २५ मंसिर। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेद्वारी दर्ता गराएका छन् । भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा आफ्ना समर्थक र शुभेच्छुकसहित निधि सभापतिमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

‘मैले सभापतिमा उम्मेदवारी दर्ता गरेर आएको छु । मलाई जिताउन सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्छु,’ निधिले भने ।

निधिले सभापतिमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उनले प्यानल नै खडा गरेका भने छैनन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार