गृहपृष्ठ टाइगर कपको दोस्रो संस्करण २६ पुसबाट हुने
टाइगर कपको दोस्रो संस्करण २६ पुसबाट हुने
काठमाडौं, २५ मंसिर। टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता पुस अन्तिमबाट सुरू हुने भएको छ । आयोजक टाइगर ग्रप अफ पोखराले दोस्रो संस्करणको प्रतियोगिता २६ पुसबाट सुरू भई १ माघमा समापन हुने बताएको हो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान पाँच टोली छन् । महिलातर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ, न्यू डायमण्ड एकेडेमी, त्रिभुवन आर्मी क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल (कास्की) रहेको छन् ।
पुरुषतर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एपीएफ र हेल्प नेपाल स्पोटर्स क्लब छन् ।
पहिलो संस्करणको पुरुष तर्फको विजेता गण्डकी प्रदेश र महिलातर्फको विजेता नेपाल पुलिस क्लब हुन् ।
विजेताले ३–३ लाख पाउनेछन् ।





