२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ सत्ता गठबन्धनको बैठक बस्दै निर्वाचन मितिबारे छलफल हुने

सत्ता गठबन्धनको बैठक बस्दै निर्वाचन मितिबारे छलफल हुने

काठमाडौं, १५ माघ। स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । आज बिहान नौ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ ।

प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान छ । यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था भएकाले बैशाखमै निर्वाचन गर्नुपर्ने जोड आयोगको छ ।

हिजो प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेपछि आज गठबन्धनको बैठक बस्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बिहान बैठक बस्न लागेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार