२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ अनेरास्ववियु कार्यकर्ता र प्रहरीबीच बुटवलमा झडप

अनेरास्ववियु कार्यकर्ता र प्रहरीबीच बुटवलमा झडप

बुटवल। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु कार्यकर्ता र प्रहरीबीच बुटवलमा झडप भएको छ।सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहकाे निर्वाचन घाेषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनको क्रममा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो।

यसैगरी उनीहरूले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए। अनेरास्ववियुका कार्यकर्ताहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालयअगाडि गरेको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो।

झडपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पाेखरेल, बुटवल नगर कमिटी अध्यक्ष राेशन घिमिरेलगायत घाइते भएको अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए। नगर कमिटी अध्यक्ष राेशन घिमिरकाे टाउकाेमा गम्भीर चाेट लागेकाे र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पाण्डेले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार