गृहपृष्ठ इजिप्टलाई हराउदै सेनेगल बन्यो अफ्रिका च्याम्पियन
इजिप्टलाई हराउदै सेनेगल बन्यो अफ्रिका च्याम्पियन
पेनाल्टी सुट आउटमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ।
आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो।
मानेले निर्णायक पेनाल्टी प्रहार गर्दा सेनेगल ४-२ ले विजयी भयो।
यसअघि खेलको सातौं मिनेटमा लिभरपुलका फरवार्ड साडियो मानेले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सेनेगलले अग्रता बनाउने अवसर गुमायो।






