गृहपृष्ठ आज संसदमा MCC अनुमोदनका लागि पेश हुँदै
आज संसदमा MCC अनुमोदनका लागि पेश हुँदै
काठमाडौं । लामो बहसपछि संसदमा अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि पेश हुने भएको छ ।
बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट एमसीसी टेबुल हुने निश्चित भएपछि सत्ता गठबन्धन र प्रतिपक्षी दल आआफ्नो रणनीति तय गर्न छलफलमा व्यस्त छन् ।
नेपाली काँग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरिसकेको छ । दिउँसो साढे ११ बजे बस्ने कार्यव्यवस्था समिति बैठकमा एमसीसीलाई संसद बैठकको कार्यसूची बनाउने विषयमा छलफल हुँदैछ । सभामुख अग्निप्रसाद सापकोटाले यसअघि नै दलहरुले निर्णय गरेर ल्याए एमसीसी नरोक्ने प्रतिवद्धता जनाइसकेका छन् ।
यसअघि मंगलबार सार्वजनिक भएको कार्यसूचीमा एमसीसी नपरे पनि कार्यव्यवस्था समिति बैठकले यसको टुंगो लगाउने छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि पेस गर्ने तयारी गरेका छन् ।
सत्ताको नेतृत्वकर्ता काँग्रेसले एमसीसी पेस गर्ने तयारी गरेपछि सत्ता गठबन्धनका नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र प्रमुख प्रपितपक्षी दल एमाले आन्तरिक छलफलमा जुटेका हुन् ।
प्रमुख दलले प्रतिनिधिसभा बैठक अघि पार्टी संसदीय दलको बैठक बोलाएका छन् । लामो समय बहस भइसकेकाले सरकार एमसीसी पारित गर्ने तयारीका साथ अगाडि बढेको छ । त्यसमा सत्ता गठबन्धनमा सहभागी दल र प्रतिपक्षी दलले साथ दिने काँग्रेसको विश्वास छ । स्रोत: खबरहब डट कम






