२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै, को-को भिड्दैछन् आज ? हेर्नुहोस्

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै, को-को भिड्दैछन् आज ? हेर्नुहोस्

काठमाडौँ । साबिक विजेता मछिन्द्र फुटबल क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दै गर्दा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछन् । दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।

दिउँसो एक बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल जिते मछिन्द्र लगातार दोस्रो पटक लिग च्याम्पियन बन्नेछ । हार या बराबरले भने लिग जित्न मछिन्द्रले अर्को खेल कुर्नुपर्नेछ।

शीर्ष स्थानको मछिन्द्रको १० खेलमा २६ अंक छ । सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा छ।

सोही समय सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी फुटबल क्लबलाई हिमालयन शेर्पा क्लबले चुनौती दिनेछ। आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा छ । हिमालयन १२ अंक जोडेर आठौं स्थानमा छ ।

दिनको तेस्रो खेलमा दशरथ रंगशालामा बिभागीय टोली नेपाल पुलिस क्लब र थ्री स्टार क्लब आमने सामने हुनेछन् । थ्री स्टार १७ अंक जोडेर चौंथो स्थानमा छ भने पुलिस १० अंक जोडेर दशौँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार