गृहपृष्ठ सुदूरपश्चिम प्रदेशको एकमात्र उप-महानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित
सुदूरपश्चिम प्रदेशको एकमात्र उप-महानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित
कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै हमाल विजयी भएका हुन् । गोपाल हमालले नृपबहादुर वडभन्दा १२ हजारभन्दा बढी मत पाए।
उप-मेयरमा भने नेकपा एमालेकी कन्दकला रानाले जितिन् । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् । मतगणना सकिएको छ ।आधिकारिक घोषणा हुँन बाँकी छ।






