२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ स्ट्राइकर एमबाप्पेले गरे पीएसजीसँग थप तीन वर्षको सम्झौता नविकरण

स्ट्राइकर एमबाप्पेले गरे पीएसजीसँग थप तीन वर्षको सम्झौता नविकरण

काठमाडौँ । फ्रान्सका युवा स्ट्राइकर किलियन एमबाप्पेले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सँग थप तीन वर्षको सम्झौता नविकरण गरेका छन् ।

एमबाप्पेलाई भित्राउने प्रयासमा रहेको स्पेनिस ला लिगाको क्लब रियल मड्रिडको इच्छा यस पटक पनि पूरा हुन पाएन ।

रिय ल पछिल्लो केही सिजन देखी लगातार एमबाप्पेलाई अनुबन्धन गर्ने प्रयासमा थियो । रियालले एमबाप्पेसँगै इर्लिङ हल्यान्डलाई समेत अनुबन्धन गर्ने प्रयास गरेको थियो ।

हल्यान्ड यसै महिना मात्र इङलिस प्रियिमर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धन भएका थिए ।एमबाप्पे र पिएसजीबीचको सम्झौता आगामी महिना सकिँदै थियो । एमबाप्पेले केही दिनअघि मात्र आफूले क्लब भविष्यका बारेमा निर्णय गरिसकेको र छिट्टै आफ्नो निर्णय सार्वजनिक गर्ने बताएका थिए । नयाँ सम्झौतापछि एमबाप्पे सन् २०२५ सम्म पिएसजीमै रहनेछन् ।

‘म घोषणा गर्न चाहन्छु, मैले पिएसजीसँगको सम्झौता थप गर्ने निर्णय लिए र म एकदमै खुशी छु’, एमबाप्पेले भनेका छन् , ‘म क्लबको नयाँ प्रस्तावमा सहमत भए । मप्रति विश्वास गरेकाले क्लबका अध्यक्ष नासिर अल खिलाफीलाई धन्यवाद दिन चाहन्छु । ’

एमबाप्पेले पिएजीसँगको सम्झौता नविकरणलाई यादगार बनाउने क्रममा शनिबार मेइन्जविरुद्ध ५-० को जित निकालेको खेलमा ह्याट्रिक पूरा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार