२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ तिलोत्तमा नगर प्रमुख हुँदा उत्कृष्ट कार्य सम्पादन गरेका घिमिरेलाई एमालेले बनायो रूपन्देही क्षेत्र नं. ५ को प्रतिनिधि सभा उम्मेद्वार

तिलोत्तमा नगर प्रमुख हुँदा उत्कृष्ट कार्य सम्पादन गरेका घिमिरेलाई एमालेले बनायो रूपन्देही क्षेत्र नं. ५ को प्रतिनिधि सभा उम्मेद्वार

बुटवल । नेकपा एमालेले रूपन्देही क्षेत्र नं ५ बाट नेता बासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। घिमिरे केन्द्रीय स्थानीय विभाग सदस्य, पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख हुन्।

यसअघि रूपन्देही क्षेत्र नं ३ बाट सिफारिस भएका थिए । क्षेत्र नं ५ मा यसअघि राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईको नाम एकल सिफारिस भएपनि उनको कार्यकाल बाँकी रहेकाले पार्टीले उनलाई रोकेको हो। घिमिरे तिलोत्तमा नगरपालिका प्रमुखको रुपमा उत्कृष्ठ कार्य सम्पादन गरेर चर्चामा आएका नेता हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार