२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर-१ मा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह विजयी

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर-१ मा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह विजयी

हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर-१ मा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह विजयी भएका छन्। नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पराजित गर्दै सिंह विजयी भएका हुन्।

उनले काङ्ग्रेस सहमहामन्त्री डिनालाई २ हजार ३ सय ८२ मतान्तरले पराजित गरे। सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गरेका थिए भने डिनाले २५ हजार ४ सय ३४ मत ल्याएकी थिइन् । यसैगरी एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४ सय २० मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार