२०८३ जेठ ३१ गते आइतवार | June 14, 2026

गृहपृष्ठ प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलले अवरोध पछि रोकिएको प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलले अवरोध पछि रोकिएको प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलले अवरोध गरेपछि रोकिएको प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूको अवरोधका कारण बैठक सञ्चालन हुन नसकेपछि संसद् सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार बिहान ११ बजे बस्ने जानकारी दिएको हो ।

यसअघि आज बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । विपक्षी दलका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार