२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ क्रिकेटर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने नेपाल क्रिकेट संघको तयारी

क्रिकेटर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने नेपाल क्रिकेट संघको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप छनोटको अभ्यास खेल खेल्न दक्षिण अफ्रिका पठाउने तयारी गरेकाे छ। जिल्ला अदालत काठमाडौँले आगामी पेशी असार २९ गतेलाई सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो।

यसअघि गत मंगलबार राष्ट्रिय टोली नेपालबाट प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप सो टोलीमा छुटेका थिए । प्रत्येक पटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप रोकिएका हुन् ।

उनका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीप दक्षिण अफ्रिका जाने बाटो खुलेको छ । लामिछाने राष्ट्रिय टोलीसँगै सोमबार साँझ दक्षिण अफ्रिका जाने भएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार