२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ अन्तरिक्षमा पहिलो पटक फलाइयो मूला

अन्तरिक्षमा पहिलो पटक फलाइयो मूला

अन्तरिक्षमा पहिलो पटक मूला फलाइएको छ । तरकारी र अचारका रुपमा प्रयोग हुने मूला फलाउन वैज्ञानिकहरु सफल भएका हुन् ।

वैज्ञानिकले अन्तरिक्षमा फलेको मूलालाई सन् २०२१ मा पृथ्वीमा ल्याउने तयारी गरिरहेका छन् । नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी हुन् । केटले २० वटा मूलालाई उखेलेर प्याक गद्र्रै सन् २०२१ मा पृथ्वीमा ल्याउनका लागि कोल्ड स्टोरेजमा राखेकी छिन् ।

पहिलो पटक अन्तरिक्षमा फलेको मूलाको फोटो खिच्दै नासाले ट्वीटरमा यसका बारेमा जानकारी दिएको हो । नासाले यो परीक्षणको नाम प्लान्ट हेबिटेट–०२ राखेको छ । स्पेस स्टेशनमा फलाउनका लागि रोजिएको मूला २७ दिनमा तयार भएको बताइएको छ । वैज्ञानिकका अनुसार उक्त मूलामा पोषक तत्व पनि छन् र यो खान लायक पनि छ ।

इन्टरनेशनल स्पेस स्टेशनको ट्वीटरमा दिइएको जानकारी अनुसार अध्ययनका लागि मूला प्रयोग गर्नुको कारण यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो तीब्र गतीमा फल्ने गर्छ । नासाका अनुसार मूला फलाउन धेरै हेरविचारको पनि आवश्यकता पर्दैन । स्पेसको जुन चेम्बरमा यो फलाइएको छ, त्यहाँ रातो, निलो, हरियो र सेतो एलइडी लाइटको प्रकाश राखिन्छ ता कि बोटको विकास राम्रो होस् । अन्तरिक्षमा फलाइएको मूलाको तुलना फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा फलाइएको मूलासँग गरिनेछ ।

मूला प्लान्ट ह्याबिटेट अध्ययनका लागि प्रयोग गरिन्छ किनभने यो पौष्टिक तत्वले भरिपूर्ण हुनुका साथै तीब्र रुपमा बढ्छ र जेनेटिक रुपमा अन्तरिक्षमा धेरैजसो अध्ययन गरिने बिरुवा अराबिडोप्सिस जस्तै हुन्छ । मूलालाई एड्भान्स प्लान्ट ह्याबिटेटमा फलाइन्छ । एड्भान्स प्लान्ट ह्याबिटेट बोटबिरुवाको शोधको विकासको चेम्बर हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार