गृहपृष्ठ घरकी सातौ सन्तान छोरी
घरकी सातौ सन्तान छोरी
अरे ! भाग्य त लिएरै आएकी रैछे ।
जन्म , विवाह र मुत्यु
यी तीन भावीले तय गर्छन् अरे !
अलिकति खुसी बिनाको
मेरो जन्म ,
गर्भमा तुहिनबाट जोगिएकी
बाआमा सङै डाक्टर झुकिएर ।
घरकी सातौ सन्तान छोरी
मेरो जन्मको कहानी सुनाउदै
हजुरआमा भन्नू हुन्छ ,
भाग्य त लिएरै आएकी रैछे ।
बिस्तारै ठुली भए
फुलजस्तै सुन्दर अनि सुभाशिली ।
त्यो फुलमा आँखा लागे
युवकहरुको , दुनियाँको
उमेर छिपिदै गरेका पुरुषहरुको ।
जनतन जोगाउन सफल भए
आफुलाई , आफ्नो अस्तित्वलाई ।
त्यसैबेला मेरा साथीहरू भन्थे
अरे ! भाग्य त लिएरै आएकी रैछे ।
शिक्षा सकियो
जागिर पाउन गाह्रो
अब हुनेभयो विवाह ।
राम्रो खान्दान ,
खाईलाग्दो केटा , राम्रो परिवार
यी सबै हेरिउरी तया गरियो विवाह मिति
भयो विवाह, म अब
छोरीबाट दोस्रो परिवारकि बुहारी
सबैकुरामा पुक्त मेरो श्रीमान
यो देख्दा समाजले भन्ने
अरे ! भाग्य त लिएरै आएकी रैछे ।
सोचेजस्तै भयो सबै
छोराछोरी भए,
छोराछोरीको विवाह भयो ,
फेरि नातिनातिना पनि भए
बुढेसकाल लाग्यो
रोगले सताउन थाल्यो
दुईचार बर्ष
धामीझाँक्री ,डाक्टर ,लामा
त्यसपछि मुत्यु अनि
सकियो म सङै मेरो अस्तित्व
मोर्दा पनि दुनियाँले भन्ने
अरे ! भाग्य त लिएरै आएकी रैछे ।
सोचेको थिएन मेरो परिवारले
छोरी हुनुपर्छ भनी
खोजिएको थियो
गर्भबाटै मेरो अस्तित्व मेटाउन ।
कति कोशिश गरिएको थियो
मेरो शरीरलाई लुछ्न
कसरी जोगिएकी थिए त्यतिबेला
आङछिरिङ हुन्छ अझैपनी ।
श्रीमानको कुटाइ , परिवारको हेला
घरदेखि दुनियाँ समाल्नु पर्दाको पिडा
कसैले देखेन त्यो देखेन ।
छोराछोरीको ढिपी ,
छोराछोरीको हेपाई
बुढेसकाल , बिरामी
कसैले देखेन त्यतिबेला ।
यो बिचमा पनि भनिरहे
अरे ! भाग्य त लिएरै आएकी रैछे ।
त्यसैले मेरो समाजले भनिरहेयो
छोरीलाई पृथ्वी
त्यसैगरी अवलोकन गरिरहे
छोरीलाई त्यसैगरी बुझे, सम्झे
तर कहिले सम्झेन्न
छोरीको आवश्यकता ,
कहिले बुझेनन्
छोरीको चाहाना
कहिले तौलिएन्न
छोरीको शिक्षा , सीप, आत्मविश्वास
काम आफ्नो , नाम अरुको भएर
बाचिरहे अस्तित्वविहिन छोरीहरु ।
यी सब देख्दा देख्दै पनि
अझै भनिरहे भनिरहे
अरे ! भाग्य त लिएरै आएकी रैछे ।।
म सोचिरहेको थिए
मैले लेख्न नपाएको भाग्य
कसरी दुनियाँ सामु पुग्यो ?
All i need is Chance
यो पनि हेरौ :





