गृहपृष्ठ लागुऔषध मुद्दाका फरार अभियुक्त ४ वर्षपछि पक्राउ : रन्यौरा प्रहरीलाई अर्काे सफलता
लागुऔषध मुद्दाका फरार अभियुक्त ४ वर्षपछि पक्राउ : रन्यौरा प्रहरीलाई अर्काे सफलता
लागुऔषध मुद्दाका फरार अभियक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीका प्रहरी निरिक्षक चक्र बहादुर डम्बरपालको टिमले अवैध लागुऔषध मुद्दाका फरार अभियुक्त ३२ वर्षीय अशोक खड्कालाई पक्राउ गरेको हो ।
खड्कालाई सैनामैना वडा न.३ आफ्नै निवासबाट पक्राउ गरेको रन्यौरा प्रहरी निरीक्षक डम्बरपालले जानकारी दिए । रुपन्देही जिल्ला अदालतले खड्कालाई झन्डै ४ वर्षअघि २०७३ मंसिर १५ मा १० महिना जेल सजाय सुनाएको थियो । खड्काले कैद भुक्तान नगरेकोे भन्दै पक्राउ गरिएको प्रहरी निरीक्षक डम्बरपालले बताए ।





