२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ रहेनन पत्रकार कृष्ण मोहन चौधरी शोकमा सिरहा पत्रकार महासंघ

रहेनन पत्रकार कृष्ण मोहन चौधरी शोकमा सिरहा पत्रकार महासंघ

सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ बस्ने पत्रकार कृष्ण मोहन चौधरीको निधन भएको छ । बिगत लामो समय देखि पत्रकारितामा सकृय रहेका चौधरीको मंगलवार अल्पायुमै निधन  भएको हो । कृष्ण मोहन चौधरी लहान स्थित रहेको रेडियो सामाद १०२.६ मेगाहर्जबाट पत्रकरिता सुरु गरेको थिए । निकै लामो समय उनले रेडियो समादको कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका थिए ।

पछिल्लो समय उनले रेडियो समादको सुखिपुर सम्बादाताको रुपमा काम गर्दै आएका थिए । चौधरी नेपाली पत्रकारीतामा होनहार युवा पत्रकारको रुपमा स्थापित भएका थिए । पछिल्लो समय उनले मिथिला अवाज साप्ताहिकको समपादकको जिम्मेवारी निर्वाह गर्दै समाज सेवामा लगेका थिए। समग्र पत्रकारीता जगतमा उनले चलाएको कलमले सामाज परिवर्तनमा धेरै नभए पनि थोरै परिवर्तन निस्चय नै ल्याएको छ् । बिगत एक बर्ष अगाडि बिरामी पर्दा धनगढी माई नगरपालिका स्थित रहेको आरके मेडिसिटि अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा निको भएपछि अस्पतालबाट डिसचार्ज भएर घर फर्केका थिए ।

उनलाई करिब एक महिना अगाडीदेखि पुनः पुरै शरिर सुनिएको थियो । अचानक बिरामी पर्दा उनि आरके मेडिसिटि होस्पिटलमा भर्ना भएका थिए। करिब दुई तीन दिन अस्पताल बसेपछि उनले अस्पताल बस्न नमानेपछि अस्पतालबाट घर गएका थिए । घरमा बस्दा दिन प्रति दिन रोगले ग्रसित बन्दै गएका थिए। सोही अस्पतालमा उपचार गर्न ल्याउदा उक्त अस्पतालमा उपचार सम्भब नभएकोले थप उपचारको लागि धरानस्थित बिपी कोइराला बिज्ञान प्रतिष्ठानमा उपचारको लागि लागिएको थियो, उपचारकै क्रममा चौधरीको निधन भएको अस्पताल सोतले बताएको छ ।

चौधरीको मृत घोषणा गरेपछी सब परिवाजनलाई जिम्मा लगाएका थिए । चौधरी नेपाल पत्रकार महासंघ सिरहाको सदस्य र प्रेस मन्च नेपालमा समेत आबद्ध रहेका थिए । उनको निधनको खबरले सिरहाको  समग्र पत्रकारीतामा ठेस पुगेको पत्रकार महासंघ सिरहाको सभापति देनेश्वर प्रसाद गुप्ताले जानकारी दिनुभयो । पत्रकार चौधरीको मृत आत्माको शान्तिको कामना गर्दै स्वकसंत्ब्द  परिवारमा धैर्य धारणको शक्तिको कामना गर्दै पार्थिब शरीरमा श्रद्धाञ्जली अर्पण गरियको   पत्रकार महासंघका केन्द्रिय सदस्य देब कुमार यादवले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार