गृहपृष्ठ रुपन्देहीमा विहीबार भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ४ जना घाइते
रुपन्देहीमा विहीबार भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ४ जना घाइते
रुपन्देहीमा विहीबार छुट्टा छुट्टै सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् । तिलोत्तमा नगरपालीका – ९ मंगलापुर स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा आज बिहान बुटवलबाट भैरहवा तर्फ आउदै गरेको लु ३० प ४३६३ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बिच डिभाईडरमा ठोकिन जादाँ ३ जना घाइते भएका छन् ।घाइते हुनेमा गुल्मी धुर्कोट गाउँपालिका –७ घर भई हाल जिल्ला तिलोत्तमा नगरपालिका –१३ कटैया बस्ने मोटरसाइकलका चालक २४ वर्षीय अर्जुन के.सी. र मोटरसाइकलको पछाडी सवार सोही ठाउँकै ५ वर्षका आशिष के.सी. र २७ वर्षका सुवास के.सी. रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए।घाइते तीनै जनाको अवस्थामा सामान्य रहेको छ ।
यस्तै ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । विहीबार दिउँसो तिलोत्तमा नगरपालिका –९ सुनेनापथ स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा भैरहवाबाट बुटवलतर्फ जादै गरेको लु २ ख १०१८ नं. को ट्रकमा सोही दिशा तर्फ जादै गरेको लु ६१ प ३६३७ नं.को मोटरसाइकल ट्रकले दाहिने तर्फ मोड्दै गरेको अवस्थामा एक्कासि उक्त ट्रकको ट्रकको बीच भागमा ठोक्किएको थियो ।दुर्घटनामा परी मोटरसाइकलका चालक सिद्धार्थ नगरपालिका–८ का २५ वर्षका आनन्द शाहा घाइते भएको प्रवक्ता खत्रीले बताए । उनको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।






