गृहपृष्ठ गंगा दहालका पाँच कोपिला
गंगा दहालका पाँच कोपिला
१. निष्कर्ष निकालौ मन्थन गरेर
समय अमुल्य छ त्यसै खेर नफालौ
नबसौ झुन्डमा गन्थन गरेर ।।
२. किन ? के का लागी घमण्ड गर्नुछ यहाँ
सधै स्वाभिमान र कर्ममा बिश्वास गर्नेहरुले
न झुठो तारिफले झोली भर्नुछ यहाँ ।।
३. गएन कहिले खुट्टा तान्ने बानी
उस्तै छ हाम्रो स्वाभाव जति पढे पनि
पछाडि बाटनै छिर्के हान्ने बानी।।
४. तिमी पानी बन उ आगो भए
अनि पो सन्तुलन मिल्छ एक दोस्रोमा
तिमी जरा बन उ हागो भए ।।
५. मैले बोले जति सबै कुरा हुनै पर्छ
नभन्नु है कसैले बुझ्ने आफ्नै विवेक हुन्छ
मेरा कुराले उसको मन छुनै पर्छ ।
– गंगा दहाल
– ललितपुर






