२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ काठमाडौँ महानगरपालिकाका प्रमुख सहितको टोली रामग्राममा, भगिनी सम्बन्ध कायम हुने

काठमाडौँ महानगरपालिकाका प्रमुख सहितको टोली रामग्राममा, भगिनी सम्बन्ध कायम हुने

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोली पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा आईपुगेको छ । रामग्राम नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न महानगरको टोली आज साँझ परासी आएको हो । शनिबार एक समारोहकाबीच रामग्राम नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि संयुक्त हस्ताक्षर गर्ने कार्यक्रम रहेको रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिनुभयो ।

शनिबार नै उक्त टोलीले पश्चिम नवलपरासीको प्रमुख पर्यटकीय स्थल भगवान् गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप, बुद्ध मावली पण्डितपुर तथा त्रिवेणीधाम, बाल्मिकी आश्रम लगायतको भ्रमण गर्ने कार्यक्रम समेत रहेको नगर प्रमुख गुप्ताले बताउनुभयो । शुक्रबार साँझ परासी आएको भ्रमण टोलीलाई रामग्राम नगरपालिकामा नगर प्रमुख गुप्ता, उपप्रमुख रम्भा कुंवर, प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थी लगायतले स्वागत गर्नुभएको थियो ।

उक्त अवसरमा काठमाडौँ महानगर प्रमुख शाक्यले महानगरले पहिलो पटक देशभित्रकै स्थानीय तह रामग्राम नगरपालिकासँग ऐतिहासिक भगिनी सम्बन्ध कायम गर्न लागेको जानकारी दिनुभयो । रामग्रामको भ्रमणमा आउन पाउँदा ज्यादै खुशी लागेको उहाँले बताउनुभयो । भ्रमण टोलीमा काठमाडौँ महानगरकी उपमेयर हरिप्रभा खड्गी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यह, प्रमुख प्रशासकीय अधिकृत, विभागीय प्रमुखहरु लगायतको सहभागिता रहेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार