२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ अब गृहणीलाई पुरूषले घरेलु कामका लागि पैसा दिनुपर्ने अदालतको आदेश

अब गृहणीलाई पुरूषले घरेलु कामका लागि पैसा दिनुपर्ने अदालतको आदेश

चीनको बेइजिंगस्थित सम्बन्ध विच्छेद अदालतले एक पुरुषलाई आफ्नी श्रीमतीले विवाहको समयावधिसम्म गरेको घरको कामकालागि क्षतिपूर्ति दिन आदेश दिएको छ । सो महिलाले पाँच वर्षसम्म बेतलबी श्रम गरेवापत ५० हजार येन पाउने भएकी छिन् ।

यस घटनाले घरेलु कामको मूल्यका विषयमा ठुलो अनलाईन बहस उत्पन्न गराएको छ । केहिले यस क्षतिपूर्तिलाई अत्यन्त कम भनेका छन् । चीनको नयाँ नागरिक संहिता लागुभएपछि यस्तो फैसला आएको हो ।

अदालतको रेकर्ड अनुसार चेन थर भएका ती व्यक्तिले गत वर्ष आफ्नी श्रीमती वाङसँग सम्बन्ध विच्छेदकालागि मुद्या दायर गरेका थिए । उनीहरुको सन् २०१५मा विवाह भएको थियो ।

सुरुवातमा सम्बन्ध विच्छेदकालागि तयार नरहेकी वाङले, श्रीमान चेनले आफ्ना छोरा तथा घरको कुनै पनि जिम्मेवारी बहन नगरेको भन्दै केहि समय पछि आर्थिक क्षतिप्रर्तिकालागि अनुरोध गरेकी थिइन् ।

बेइजिंगको फाङसांङ जिल्ला अदालतले वाङको पक्षमा फैसला गर्दै चेनलाई मासिक २००० येन भत्ता दिन र घरेलु कामकालागि ५० हजार येन भुक्तानी दिन पनि आदेश दिएको छ ।

प्रधानन्याधिशले सोमबार पत्रकारहरुलाई जानकारी दिदै भने,’विवाहपछि एक दम्पत्तिको संयुक्त सम्पत्तिको विभाजनमा सामान्यतया मूर्त सम्पत्तिको विभाजन हुन्छ । तर घरेलु काममा भने अमूर्त सम्पत्तिको मूल्य समावेश हुन्छ ।’

नयाँ नागरिक संहिता निर्माणका समयमा सो कानुन बनाइएको थियो, जुन यस वर्ष मात्र लागु गरिएको हो । नयाँ कानुन अन्तर्गत श्रीमान वा श्रीमतीले बालबच्चाको पालनपोषण,वृद्धवृद्धा आफन्तहरुको हेरचाह तथा एकले अर्कोलाई काममा सहयोग गर्ने जस्ता जिम्मेवारी बढि बहन गर्नुपरेमा उनीहरुले क्षतिपूर्ति पाउनकालागि हकदाबी गर्न सक्नेछन् । यसभन्दा अघि सम्बन्ध विच्छेद गर्ने दम्पत्तिले विवाह अगावै कुनै सम्झौतापत्रमा हस्ताक्षर गरेको भएमात्र क्षतिपूर्तिका लागि निवेदन दिन सक्दथे । जुन चीनको हकमा असामान्य अभ्यास मानिन्छ ।

सामाजिक संजालमा यस मुद्या चर्को बहसको विषय बन्न पुगेकाे छ र माइक्रोब्लगिंग प्लार्टफर्ममा ‘विबो’मा सम्बन्धित ह्यासट्यागलाई ५७० मिलियन पटक हेरिएको छ । केहि सामाजिक संजालका प्रभावशाली व्यक्तिहरुले गृहणीकालागि पाँच वर्षकाे अवधिसम्म सो क्षतिपूर्ति अत्यन्त कम भएको तर्क राखेका छन् । एक गृहणीले गरेको पुर्णकालिन कामको अवमूल्यन भएको भन्दै टिप्पणीकारले चीनमा एक घरेलु कामदारले वर्षमा नै ५० हजार येन पाउने टिप्पणी गरेका छन् । यस्तै केहि व्यक्तिहरुले भने पुरुषले बढि घरका कामको जिम्मेवारी बहन गर्नुपर्ने तर्क राखेका छन् । केहि सामाजिक संजाल प्रयोगकर्ताले भने महिलालाई विवाहपछि पनि आत्मनिर्भर हुन आग्रह गरेका छन् ।

अर्गनाईजेशन फर ईकोनोमिक कर्पोरेशन एण्ड डेभलेपमेण्ट (ओईसिडि) का अनुसार चिनियाँ महिलाले प्रतिदिन करिब ४ घण्टा बेतलबी काम गर्ने गर्दछन् जुन पुरुषको हकमा साढे २ गुणा धेरै हो । यो अन्य ओईसीडी मुलुकहरुको तुलनामा धेरै हो ।

श्रोत-बीबीसी

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार