गृहपृष्ठ मिलन टोल विकास सस्थाद्वारा सप्ताहव्यापि सरसफाई कार्यक्रम समापन
मिलन टोल विकास सस्थाद्वारा सप्ताहव्यापि सरसफाई कार्यक्रम समापन
बुटवल उपमहानगरपालिका वार्ड नं। ९ मा रहेको मिलन टोल विकास संस्थाले साप्ताहव्यापि रुपमा सञ्चालन गरेकोे सरसफाई अभियान सम्पन्न भएको छ ।


विभिन्न सचेतना मूलक सन्देश सहित हरेक दिन आफ्नो टोल अन्र्तगतका घरधुरीको सहभागितामा आफ्नो क्षेत्र भित्र सरसफाई अभियानमा जुटेको संस्थाका अध्यक्ष कमला बस्नेत कुँवरले जानकारी दिनुभयो । सके सफा गरौं नसके फोहर नगरौं भन्ने उद्घोषका साथ शुरु भएको सरसफाई अभियानको शनिवार वडा अध्यक्ष विष्णु बहादुर थापाले समापन गर्नुभयो । समापन कार्याक्रममा बोल्दै उहाले भन्नुभयो बुटवल उपमहानगरपािलको हरेक विकासमा टोल विकास संस्थाहरुको भूमिका रहेको छ । वार्ड नं। ९ अन्र्तगतका टोल विकास संस्थाहरु पनि विकास निमार्णमा सक्रिय रहेका छन् त्यसमा पनि मिलन टोल विकास संस्था अझ अव्वल रहेको र मिलनटोल विकास संस्थाले सञ्चालन गर्ने कार्यक्रमहरु प्रभावकारी रहने गरेको उहाले बताउनुभयो ।

कार्यक्रममा वार्ड नं। ९ का सदस्य विमला श्रेष्ठले टोलवासीहरुले गर्ने कार्यक्रमहरुमा जनप्रतिनिधिहरुको पूर्णसाथ रहने बताउनुभयो । मिलनटोल विकास संस्थाले सञ्चालन गरेको सप्ताहव्यापी सरसफाई कार्याक्रम प्रशंसनिय रहेको उहाको भनाई थियो । समापन कार्याक्रममा टोलवासी शंकर भण्डारी, सामुदायिक विकास तथा वातावरण समितिका अध्यक्ष भरतराम भट्टराई, सल्लाहकार यज्ञलाल सुवेदी र शितलकुञ्ज टोल विकासका अध्यक्ष हेम बहादुर पछाईले मन्तव्य राख्नुभएको थियो । सप्ताहव्यापी कार्यक्रममा सक्रियरुपमा सहभागिता जनाएका खिम बहादुर सावत, सविना भूषाल र नयना कुँवरलाई सम्मान गरीएको थियो ।


कार्यक्रम टोल विकास संस्थाकी सचिव रुपा बस्यालको सञ्चालन र अध्यक्ष कमला बस्नेत कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।







