गृहपृष्ठ हेर्नुहोस ज्योति लाइफ इन्स्योरन्स कम्पनीको ओपनिंग रेन्ज कति ?
हेर्नुहोस ज्योति लाइफ इन्स्योरन्स कम्पनीको ओपनिंग रेन्ज कति ?
ज्योति लाइफ इन्स्योरन्स कम्पनीले सेयर रजिष्ट्रार नियुक्त गरेको छ। शुक्रबार आइपीओ बाँडफाँट सम्पन्न गरेको कम्पनीले सेयर रजिष्ट्रारमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सेयर रजिष्ट्रार नियुक्ति विषयमा हिजो (मंगलबार) ज्योति लाइफ इन्स्योरेन्स र एनआईसी एसिया क्यापिटलबीच सम्झौता सम्पन्न भएको हो ।
अबउप्रान्त ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य अब एनआईसी एसिया क्यापिटलले गर्नेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रूपैयाँ ९४ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ८२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । सेबोनमा प्रकाशन भएको विवरण पत्र अनुसार ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६र७७ को प्रतिसेयर नेटवर्थ १३२ रूपैयाँ ९४ पैसा रहेको छ ।
सोही नेटवर्थको ३ गुणा ३९८ रुपैयाँ ८२ पैसा हुन्छ । कम्पनीको आइपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४ सय ८० जना आवेदककर्ताहरुमध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य रहेको थिए । योग्य कायम भएका १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथाद्धारा बाँडफाँट गर्दा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमा ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि छुट्याएको थियो ।






