गृहपृष्ठ सिद्धारामा माओवादीको सम्पर्क कार्यलय उत्घाटन
सिद्धारामा माओवादीको सम्पर्क कार्यलय उत्घाटन
माओवादीबाट चुनाव जितेर अन्य पार्टीमा प्रवेश गर्नेलाई तत्काल कार्वाही गर्न स्थानीय कार्यक्रताको माग नेपाल कमन्युष्ट पार्टी माओवादी केन्द्रले शितगंगा नगरपालिाकाका वडा नम्बर ९ मा आफ्नो पार्टीको वडा सम्पर्क कार्यलय उत्घाटन गरेको छ ।
नेकपा (माओवादी केन्द्र) सिद्धाराका नेता चुमान सिंह परियारको अध्यक्षता तथा पार्टी जिल्ला सदस्य एवम् शितगंगा नगरपालिका उप प्रमुख टीका रेश्मी, जिल्ला सदस्या तथा शितगंगा नगरपालिकाका कार्यपालिका सदस्य विष्णु परियार (गोकुल) शितगंगा वडा नम्बर ९ का वडा सदस्य पवित्रा परियार युवा नेता दिल कुमार विक,चोपलाल कुँवर,बसन्त रोका लगायत सिद्धाराका सकृय कार्यकर्ताको उपस्थितमा शनिबार एक कार्यक्रमको आयोजना गरि सिद्धाराको लौरीमा वडा सम्पर्क कार्यलय उत्घाटन गरेको छ । साथै उक्त कायक्रममा सुनिता वि।कको अध्यक्षतामा अखिल नेपाल महिला संघ क्रान्तिकारी,प्रकाश विकको अध्यक्षतामा योङ्ग कम्युनिष्ट लिग९वाइसिएल० तथा मान वहादुर वि।कको अध्यक्षतामा नेपाल दलित मुक्ति मोर्चाको वाड कमिटीको गठन गरेको छ ।

कार्यक्रममा बोल्दै स्थानीय जनताहरुले माओवादी केन्द्रको नाममा चुनाव जितेकाहरु अहिले अन्य पार्टीमा पवेश गरेर माओवादी केन्द्रलाई नै तथानामी गाली गर्दै हिड्नेहरुलाई छिटोभन्दा छिटो कार्वाही गर्नु पर्ने धारणा राखेका थिए ।






