२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ आगलागी हुँदा १२० घर जलेर नष्ट करोडौको क्षति

आगलागी हुँदा १२० घर जलेर नष्ट करोडौको क्षति

बाँकेको नरैनापुरमा आगलागी हुँदा एक सय २० घर जलेर नष्ट भएका छन् । आगो निभाउने क्रममा चार जना घाइते भएका छन् । नरैनापुर गाउँपालिका वडा नं ४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे पूर्णरुपमा निभाइएको थियो ।

आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । आगलागीबाट अन्नबाली, काठ, लत्ताकपडा र नगद जलेर नष्ट भएका छन् ।

आगो निभाउन पाँचवटा दमकल प्रयोग गरिएको थियो । स्थानीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभर फैलिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार