गृहपृष्ठ पिडित परिवारलाई पाल्हीनन्दन गाउपालिकाद्वारा सहयाेग
पिडित परिवारलाई पाल्हीनन्दन गाउपालिकाद्वारा सहयाेग
ज्ञानेश्वर सहानी,नवलपरासी, वैशाख ४ ।
पश्चिम नवलपरासीकाे पाल्हीनन्दन गाउपालिका वडा नं ३ परसियामा बस्ने ४ पिडित परिवारलाई पाल्हीनन्दन गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाले खाद्यान्न सामग्री ह्तान्तरण गरेको छ।
गहुको डाठ जलाउने क्रममा आगो अनियंत्रित भइ पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वाड नं ३ परसिया का ४ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।
घटनाको बारेमा थाहा पाउँदै आफ्नो जिमेवारी निर्वाह गर्न पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैंजू प्रसाद गुप्ता ( दिपक), वार्ड नं ०३ का वार्ड अध्यक्ष गोधन हरिजन सहितको टोलीले पीडित पाल्हीनन्दन गाउँपालिका वार्ड नं०३ बस्ने ईश्वर हरिजन ,रामनेवास हरिजन ,रामकृते हरिजन, सोमई हरिजन तथा रोगी हरिजनको घर पुगी खाद्यान्न सामाग्री, कपडा , सुत्ने खटिया, गैस चुला, गद्या रजाईहरू लगायतका अत्यावश्यक सामग्री तत्काल घटनास्थलमै पुगेर हस्तान्तरण गरिएको छ ।








