२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ बार्सिलोनालाई स्पेनिस कोपा डेल रे को फुटबलको उपाधि

बार्सिलोनालाई स्पेनिस कोपा डेल रे को फुटबलको उपाधि

एजेन्सी । बार्सिलोनाले स्पेनिस कोपा डेल रे को फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे ।

यस्तै एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको १२ मिनेटभित्र चार गोल गर्दै बार्सिलोना च्याम्पियन बनेको हो ।

Image

खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको ६३ औं मिनेटमा जोङले गोल गर्दा बार्सिलोनाको अग्रता २-० को बन्यो ।

६८ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

Image

यससँगै बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको छ ।

बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेता बनेको छ ।

दुई साता अघि सन् २०१९/२० को कोपा डेल रेको फाइनलमा बिल्बाओ रियल सोसिडाडसँग १-० ले पराजित भएको थियो ।

Image

Image

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार