२०८३ वैशाख ७ गते सोमवार | April 20, 2026

गृहपृष्ठ रेबिज नियन्त्रण गर्न लमजुङमा कुकुर र बिरालोको बन्ध्याकरण

रेबिज नियन्त्रण गर्न लमजुङमा कुकुर र बिरालोको बन्ध्याकरण

लमजुङ, ३ पुष।  लमजुङमा रेबिज राेग नियन्त्रण गर्न ककुर र बिरालोको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठका अनुसार बेँसीशहरमा भएकाे शिविरमा १४९  कुकुर र बिरालाेकाे बन्ध्याकरण गरिएको छ ।

रेविज नियन्त्रण गर्न दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा १ सय ३४ वटा कुकुर र ७ वटा बिरालोको बन्ध्याकरण गरिएको हाे ।

कुकुरको टोकाइबाट हुने रेविजरोग शून्यमा झार्ने लक्ष्यका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ, बेंसीशहर नगरपालिका र केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाडाैँको संयुक्त आयोजनामा बन्ध्याकरण तथा खोप शिविर सञ्चालन गरिएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार