२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ नगदसहित आठ जुवाडे पक्राउ

नगदसहित आठ जुवाडे पक्राउ

लमजुङ, ३ पुस। जिल्ला प्रहरी कार्यालय लमजुङले नगदसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बेसीशहर नगरपालिका-७ भिमसेनस्थान स्थित सुरेश श्रेष्ठको घरमा शुक्रबार राति साढे ९ बजे हार जितको बाजी राखी जुवा खेल्दै गरेको अवस्थामा घरधनी श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्सपेक्टर जगदीश रेग्मीका अनुसार प्रहरीले उनीहरूको साथबाट नगद दुई लाख १९ हजार दुई सय ५० रुपैयाँसहित १६ थान कौडासमेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा बेसीशहर नगरपालिकाका चार जना, सुन्दरबाजर नगरपालिकाका एक जना, मस्र्याङ्दी गाउँपालिकाका एक जना, तनहुँका एक जना र काभ्रेका एक जना रहेका छन् । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।  न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार