गृहपृष्ठ अवैध पौने करोड बढीको सामानसहित २ युवा प्रहरी नियन्त्रणमा
अवैध पौने करोड बढीको सामानसहित २ युवा प्रहरी नियन्त्रणमा
बुटवल । रुपन्देहीको बुटवल उप-महानगरपालिकाबाट बिहिबार अवैध सामानसहित २ युवा पक्राउ गरेका छन् । अवैध रुपमा ओसार–पसार तथा भण्डारण गरेको अवस्थामा जुत्ता–चप्पल, कपडा लगायतका फेन्सी सामग्री सहित सैनामैना–२ का ४० वर्षीय तुलसी थारु र सोही ठाउँका कृष्ण थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीले अबैध गोदाम तथा ओसारपसार गरिरहेको अवस्थामा ८६ लाख ८ हजार ६ सय रुपैया सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज विहिबार दिउसा बुटवल उपमहानगरपालिका–१ तिनाउपुल नजिकै लु.१ ज.३१६७ नम्बरको पिकअप जिपमा चेकजाँच गर्दा अन्दाजी १२ लाख राबरको जुत्ता १८८ जोर र थान कपडा १२९६ मिटर बरामद गरेको प्रहरीले जनाएको छ ।
साथै उक्त अबैध सामान भण्डारण गर्ने गरिएको गोदामलाई पहिचान गरी बुटवल–५ बिकाश पथ स्थित रहेको गोदामबाट अन्दाजी ७४ लाख ८ हजार ६ सय मूल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ । बरामद सामानलाई आवस्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।





