२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ प्रहरीद्वारा अवैध सालको काठ बरामद

प्रहरीद्वारा अवैध सालको काठ बरामद

रुपन्देही । रुपन्देही प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रुद्रपुर र रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहको संयुक्त गस्तीले बुधबार ट्र्याक्टरसहित ४ हजार ३ सय २१ क्यू फिट काठ बरामद गरेको हो ।

बिहान ११ बजेको समयमा कञ्चन गाउँपालिका १ गजेडीस्थित भित्री सडक खण्डमा लु ४ त १९३८ नम्बरको ट्र्याक्टरमा लोड गरिएको काठ बरामद गरेको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलका अनुसार १ लाख ८ हजार रुपैयाँ बराबरको अवैध साल र ट्र्याक्टर कारबाहीको लागि वन कार्यालयमा बुझाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार