२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ दुई यूवाले आफ्नो जन्मदिनका अवसरमा तिलोत्तमा रक्तदाता समाज र तिलोत्तमा यूथक्लव मणिग्रामको सहकार्यमा गरे रक्तदान कार्यक्रम

दुई यूवाले आफ्नो जन्मदिनका अवसरमा तिलोत्तमा रक्तदाता समाज र तिलोत्तमा यूथक्लव मणिग्रामको सहकार्यमा गरे रक्तदान कार्यक्रम

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमास्थित गौराङ्क इजी–वे ट्रायल सेन्टर, मणिग्रामको कफि कम्पनी दुई यूवाले जन्मदिनका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । स्थानीय प्रजेश घिमिरे र सन्तोष न्यौपानेको जन्मदिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा स्थनीय युवाबाट ५५ यूनिट रगत संकलन गरिएको छ । तिलोत्तमा रक्तदाता समाज र तिलोत्तमा यूथक्लव मणिग्रामको आयोजना तथा गौराङ्ग इजी वे ट्रायल सेन्टरको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अथिति तिलोत्तमा नगरपालिका वडा–५ का वडा अध्यक्ष रमेश डुम्रेले स्थानीय कलवले रक्तदान जस्तो महत्व कार्य गरेकामा प्रसंंशा गर्नुभयो । उहाँले रक्तदान जीवनदान भएको चर्चा गर्दै क्लवका सामाजिक कार्यक्रममा आफ्नो पनि साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

तिलोत्तमा रक्तदाता समाजका अध्यक्ष गोबिन्द बन्जाडेले संस्थाले समाजमा रगत अभाव हुन नदिन हालसम्म २० पटक रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उक्त कार्यक्रमबाट १ हजार ५ सय यूनिट रगत संकलन गरि भैरहवा र बुटवलको रक्तसंञ्चार केन्द्रमा पठाएको उहाँले बताउनुभयो । कार्यक्रममा स्थानीय समाजसेवी पशुुपति घिमिरे, संस्थाका महासचिव अरुण पन्थी लगायतले क्लवले सामाजिक क्षेत्रमा खेलेको भुमिकाको प्रसंशा गर्नुभएको थियो ।

उक्त कार्यक्रमका केहि तस्बिरहरु :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार