२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ वैदेशिक रोजगारीको नाममा हुने मानव वेचविखनका अपराधको न्युनिकरणका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा डिजिटल डिस्प्ले वोर्ड

वैदेशिक रोजगारीको नाममा हुने मानव वेचविखनका अपराधको न्युनिकरणका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा डिजिटल डिस्प्ले वोर्ड

बैदेशिक रोजगारीको नाममा हुने मानव वेचविखनका अपराधको न्युनिकरणको लागि शक्ति समुह, नेपाल नागरिक उड्डयन प्राधिकरण र मानव वेचविखन अनुसन्धान व्युरोको संयूक्त आयोजमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा डिजिटल डिस्प्ले वोर्ड (Digital Display Board) को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रको उद्धधाटन प्रहरी अतिरित्त महानिरिक्षक उत्तम राज सुबेदीले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत तथा उदेश्यमाथि प्रकास प्रहरी बरिष्ठ उपरिक्षक टेक प्रसाद राईले गर्नुभएको थियो । शक्ति समुहका अध्यक्ष चरिमाया तामांगले यस बोर्डले सबै बैदेशीक रोजगारिमा विदेश जाने नेपालीहरुलाई सहजता प्रदान गर्नेछ भन्ने सन्देश दिदै कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रम प्रहरी उपरिक्षक श्री दान बहादुर मल्ल ले संचालन गर्नुभएको थियो । उक्त (Digital Display Board) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको यात्रु प्रस्थान स्थलमा राखिएको छ भने यस कार्यक्रमको लागि O.U.R. नामक संस्थाबाट आर्थिक सहयोग गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार