गृहपृष्ठ रोट्रयाक क्लब अफ बुटवल चौतारीको अध्यक्ष्यमा रो.बिदुर ज्ञवाली
रोट्रयाक क्लब अफ बुटवल चौतारीको अध्यक्ष्यमा रो.बिदुर ज्ञवाली
बुटवल । बुटवल स्थित एसियन पार्टी प्यालेसमा रोट्रयाक क्लब अफ बुटवल चौतारीको तेस्रो पदस्थापन तथा पद हस्तन्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको वर्ष २१/२२ का अध्यक्ष्य सुबाश नेपालको अध्यक्ष्यता गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता लुम्बिनी प्रदेशकी बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय रमा घर्तिले गर्नुभएको थियो त्यस्तै कार्यक्रममा Rotary Foundation Chair लगायत DRR लक्ष्मण खरेल तथा Rotary DRC मेम्बरहरु विशिस्ट आतिथ्यता र Zone १८, १९, २०, २१, २२ का सम्पूर्ण क्लब प्रतिनिधीहरु र रोट्रयाक डिस्ट्रिक ३२९२ नेपाल भुटानका विभिन्न डिस्ट्रिक कमिटीमा आवद्ध रहेका मेम्बरहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रो. सुमित पराजुलीले स्वागत मन्तव्य तथा रो.डोल राज अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । गुल्मीबाट पढाइको सिलसिलामा २०६९ सालमा बुटवल झर्नुभएका नवनिर्वाचित अध्यक्ष्य रो.बिदुर ज्ञवाली छोटो समयमा नै रोट्रयाक यात्रामा उल्लेखनीय प्रगति गर्दै क्लबको अध्यक्ष्य जस्तो गरिमामय पदमा पदभार ग्रहण गर्नुभएको छ। रो. ज्ञवाली क्लबको स्थापना काल देखि क्लबमा आफ्नो सक्रियता जनाउदै आउनुभएका उहाँ बर्ष २२/२३ का लागि अध्यक्ष्य जस्तो गरिमामय पदमा चयन हुन सफल हुनुभएको छ भने सचिवमा गुल्मी जिल्लाकै रो.रोशन ज्ञवाली चयन हुनुभएको छ । सचिब रो.ज्ञवाली पनि स्थापना काल देखिनै विभिन्न डाइरेक्टर, कोषाध्यक्ष पदमा आफ्नो कार्यभर समाल्दै फलस्वरुप वर्ष २२/२३ का लागि सचिव पदमा निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै रोटरीयन राजेन्द्र ढकालले बुटवल चौतारीले रोट्रयाक भएर रोटरीलाई नै चुनौती दिने तरिकाले कार्यक्रमहरु गरेको बताउदै थप हौसला प्रदान गर्नुभएको थियो सँगै सुभकामना मन्तव्य मार्फत क्लबका संस्थापक अध्यक्ष्य रो. लक्ष्मण श्रेष्ठले चौतारी आफैमा बलियो रहेको र आउदा दिनमा थप उचाईमा पुग्ने गरि कार्यक्रम गर्न नव निर्वाचित अध्यक्ष्य ज्ञवालीलाई शुभकामना प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशकी बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय रमा घर्तिले चौतारी परिवारको आपसी सामुहिक सहकार्यमा काम गरेकोमा प्रसंसा गर्नुभएको थियो । आगामी दिनहरुमा चौतारीलाई प्रदेश सरकारको तर्फबाट आवस्यक सम्पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रमको समापनमा बोल्दै नवनिर्वाचित अध्यक्ष्य रो.बिदुर ज्ञवालीले सम्पूर्णमा धन्यवाद दिदै आगामी दिनमा पनि रोट्र्याक क्लब अफ बुटवल चौतारीले सम्पूर्ण अग्रजहरुको सल्लाह सुझाब सहित समाज रुपान्तरणमा सकारात्मक रुपले युवा परिचालन गर्दै युवाहरुको व्यक्तित्व र नेतृत्व विकाशमा जोड दिने बताउदै बुटवल चौतारीको तेस्रो पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रमको औपचारिक रुपमा समापन गर्नुभएको थियो ।







