गृहपृष्ठ जिल्ला प्रहरी कार्यालय नवलपरासीद्वारा ६ जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय नवलपरासीद्वारा ६ जना फरार प्रतिवादी पक्राउ
ज्ञानेश्वर सहानी । पश्चिम नवलपरासीको बिभिन्न गाउँपालिका र नगरपालिका बाट ६ जना फरार प्रतिबादी पक्राउ परेका छन। प्रहरी चौकी बासाबाट खटि गएको प्रहरी टोलीले सरावल गाउंपालिकाको बिभिन्न स्थानबाट बिभिन्न कसुरहरुमा संलग्न भएको फरार प्रतिबादी पक्राउ परेका हुन ।
अंश मुद्धामा सरावल गाउँपालिका वडा नं २ बस्ने ४९ बर्ष सरोज कुमार चौधरी लाई सवारी ज्यान ९ दिन कैद रु. २,०००/- जरिवाना सम्मानित जिल्ला अदालत जरिवाना ताेकेकाे छ । त्यस्तै साेहि गाउँपालिका वडा नं. २ का ४१ बर्ष सोमनारायण राय थारुलाई सवारी ज्यान रु. १,०००/- जरिवाना ताेकेकाे छ भने त्यस्तै सरावल २ का २७ बर्ष मनोज यादवलाई लागुऔषध मा ३ बर्ष कैद सजाय ताेकिएकाे छ ।
अंश मुद्धामा रामग्राम नगरपालिका १४ परसावल बस्ने ४९ मोहन प्रसाद चौधरी लाई ज्यान सम्बन्धी १० महिना २९ दिन कैद रु. १०,०००/- जरिवाना ताेकेकाे छ भने साेहि गा.पा न.पा. १४ परसावल बस्ने ४१ केशव प्रसाद चौधरीलाई ज्यान सम्बन्धी ५ महिना २० दिन कैद र रु. ५,०००/- जरिवाना ताेकेकाे छ।
सुनवल नगरपालिका वार्ड नं ७ बस्ने ३९ बर्ष छत्र बहादुर घर्ती सवारी ज्यान २२ दिन कैद र रु. २,०००/- जरिवाना ताेकेकाे छ । जिल्ला अदालतको बिभिन्न मितिको आदेशले कैद तथा जरिवाना फैसला भई फरार रहेका फरार प्रतिबादीहरुलाई पक्राउ गरि कैद तथा जरिवाना भुक्तानीको लागि जिल्ला अदालत कार्यालय नवलपरासी (ब.सु.प) पठाएको सुचना अधिकारी भाेजराज पाण्डेयले जानकारी दिनुभएको छ ।.






