गृहपृष्ठ देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने
देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।





